काठमाडौं । संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । जसमध्ये ६ वटा महानगरपालिकाले १० अर्ब ३१ करोड ९८ लाख रुपैयाँ पाएको छ भने ११ वटा उपमहानगरपालिकाले १० अर्ब ४२ करोड २२ लाख रुपैयाँ पाएका छन् ।
यस्तो वित्तीय हस्तान्तरण समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान शिर्षकमा केन्द्रिय सरकारले स्थानीय तहलाई दिने व्यवस्था छ । असार १० मा महानगरपालिकाले ल्याउने बजेटमा यो रकमकोसमेत श्रोत देखाएर बजेट आउने छ ।
जसअनुसार ६ वटा महानगरले पाएका अनुदानमध्ये पोखरा महानगरपालिकाले सबैभन्दा धेरै अनुदान पाएको छ । उक्त महानगरले समानीकरण अनुदान ४८ करोड ७० लाख, सशर्त अनुदान २ अर्ब २३ करोड ६२ लाख र समपूरक अनुदान ४ करोड गरि कुल २ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ अनुदान पाएको छ ।
त्यस्तै दोस्रो भेरै अनुदान पाउने महानगरमा काठमाडौं महानगरपालिका रहेको छ उक्त महानगरले २ अर्ब १४ करोड २१ लाख अनुदान पाएको छ । जसमध्ये १ अर्ब ४३ करोड ७६ लाख सशर्त अनुदान, ७० करोड ५५ लाख समानीकरण अनुदान पाएको छ । सो महानगरले विशेष र समपूरक अनुदान भने पाएको छैन ।
त्यस्तै, भरतपुर महानगरले १ अर्ब ७५ करोड ३ लाख अनुदान पाएको छ । जसमा १ अर्ब २६ करोड ७२ लाख सशर्त अनुदान, ३९ करोड ६ लाख समानीकरण अनुदान, २ करोड ७५ लाख समपूरक अनुदान र ६ करोड ५० लाख विशेष अनुदान पाएको छ ।
त्यसैगरी, वीरगञ्ज महानगरपालिकाले ९० करोड १७ लाख रुपैयाँ सशर्त अनुदान, ३६ करोड २९ लाख समानीकरण अनुदान, २ करोड २५ लाख विशेष अनुदान र ४ करोड ५० लाख समपूरक अनुदान गरि कुल १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ अनुदान पाएको छ ।
विराटनगर महानगरपालिकाले १ अर्ब १९ करोड २४ लाख रुपैयाँ अनुदान पाएको छ । जसमध्ये ७७ करोड ७८ लाख सशर्त अनुदान, समानीकरण अनुदान ३४ करोड ८६ लाख, विशेष अनुदान ६ करोड र समपूरक अनुदान ६० लाख रुपैयाँ पाएको छ ।
त्यस्तै, सबैभन्दा कम अनुदान पाउने ललतिपुर महानगर रहेको छ । सो महानगरले कुल १ अर्ब १३ करोड ८७ लाख रुपैयाँ अनुदान पाएको छ । जसमध्ये ६७ करोड ६ लाख सशर्त अनुदान, ३९ करोड ८१ लाख समानीकरण अनुदान, २ करोड ५० लाख विशेष अनुदान र ४ करोड ५० लाख समपूरक अनुदान पाएको छ ।
उपमहानगरपालिका कुनले कति पाए ?



ज्योति अधिकारी
