images
images

४ सातामा २३ कम्पनीको ३ करोड ९६ लाख कित्ता शेयर सुचीकृत, कुनको कति ?


  • 947
    SHARES
  • २०८० जेठ २७ गते शनिबार

    ४ सातामा २३ कम्पनीको ३ करोड ९६ लाख कित्ता शेयर सुचीकृत, कुनको कति ?

    काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्जमा जेठ महिनाको पहिलो ४ सातामा २३ कम्पनीको ३ करोड ९६ लाख ६१ हजार २ सय ९० कित्ता बोनस शेयर सुचीकृत भएको छ । नेप्सेमा २३ कम्पनीको ३ अर्ब ९६ करोड ९१ लाख २९ रुपैयाँ बराबरको बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    यसरी सुचीकृत हुने कम्पनीमा ३ वटा बैंक, १३ वटा लघुवित्त, ३ वटा इस्योरैन्स कम्पनी र ३ वटा हाइड्रोपावर कम्पनी र साल्ट टेडिङ रहेको छ । 

    यो अवधिमा बैंकहरु अन्तर्गत सुचीकृत भएका कृषि विकास बैंक, नेपाल बैंक र मितेरी डेभलपमेन्ट बैक रहेका छन् ।  यो अवधिकमा लघुवित्त अन्तर्गत सुचीकृत भएका आरएमडीसी लघुवित्त, सपोर्ट लघुवित्त, मिथिला लघुवित्त, स्वरोजगार लघुवित्त, छिमेक लघुवित्त, नेरुडे लघुवित्त, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त, सवैको लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, स्वाभिमान लघुवित्त र मिर्मिरे लघुवित्त रहेका छन् । 

    त्यस्तै, यो अवधिमा इस्योरैन्स कम्पनीहरु अन्तर्गत सुचीकृत भएका प्रभु इस्योरेन्स, एनएलजी इस्योरेन्स र हिमालयन एभरेष्ट इस्योरेन्स रहेका छन् भने यो अवधिकमा हाइड्रोपावर अन्तर्गत सुचीकृत भएका कालिका पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र एचआईडीसीएल रहेका छन् । 

    S.N company name Bonus listing share 
    1 Agricultural Development Bank  2 2637583
    2 Nepal Bank Limited  2 2881180
    3 Miteri Development Bank 12.35 1115733
    4 National Microfinance Laghubitta 15 880012
    5 Kalika Power Company Limited 15 1035000
    6 Himalayan Everest Insurance Limited 2.75 615983
    7 RMDC Laghubitta  26 3226772
    8 Support Laghubitta 11 94,380
    9 Mithila Laghubitta  15 255655
    10 Swarojgar Laghubitta 22 1131018
    11 Prabhu Insurance Limited  6.7 864106
    12 Hydroelectricity Investment and Development 5 10638133
    13 United Modi Hydropower 7 805000
    14 Chhimek Laghubitta 22 5113020
    15 Nerude Laghubitta 22 1320000
    16 NLG Insurance Company 10 1326614
    17 Laxmi Laghubitta 15 576081
    18 Infinity Laghubitta 20 829026
    19 Sabaiko Laghubitta Bittiya 18 486000
    20 Forward Microfinance Laghubitta 25 2111127
    21 Salt Trading Corporation  10 253531
    22 Swabhimaan Laghubitta 20 243564
    23 Mirmire Laghubitta 23 1221772
      Total    39661290

     


    images

    Logo