images
images

मुख्यसचिवमा डा अर्याल नियुक्त


  • 328
    SHARES
  • २०८० जेठ ३२ गते बिहीबार

    मुख्यसचिवमा डा अर्याल नियुक्त

    काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गरेको छ । 

    सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सचिव डा अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको खानेपानी मन्त्री महिन्द्र राय यादवले जानकारी दिए । डा अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लगायतमा सचिव थिए । 

    बैठकले मुख्यसचिव शङ्करदास वैरागीको राजीनामा स्वीकृत गरेको छ । सरकारले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ । 


    images

    Logo