images
images

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन कञ्चनपुर प्रशासनको निर्देशन


  • 55
    SHARES
  • २०८३ कार्तिक ११ गते बुधबार

    मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन कञ्चनपुर प्रशासनको निर्देशन

    कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य अनिवार्य रूपमा खुलाउन निर्देशन दिएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले आज सूचना जारी गर्दै मिठाईमा प्रयोग हुने कच्चा पदार्थ तेल तथा घिउको प्रकार, उपभोग्य मिति र मूल्य अनिवार्य रूपमा खुलाउन निर्देशन दिएका हुन् । 

    जिल्ला प्रशासन कार्यालयद्वारा व्यवसायीलाई उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका लागि उपभोक्ताले उपयोग गर्ने मिठाईलगायतका खाद्य पदार्थका बारेमा सुसूचित गराउन सबै ग्राहकले देख्नेगरी प्रयोग गरिएका कच्चा पदार्थ र मूल्य सूची राख्न आग्रह गरिएको छ ।

    “सञ्चालकले आफूले उत्पादन गरेको मिठाई कुन–कुन मुख्य कच्चा पदार्थ मिसाएर बनाइएको हो, कुन तेल वा घिउ प्रयोग गरिएको हो र कुन मितिसम्म उपभोग गर्न मिल्छ भन्ने जानकारी उपभोक्ताले सजिलै देख्न सक्नेगरी राख्नुपर्नेछ”, प्रशासनको सूचनामा उल्लेख गरिएको छ । 

    प्रशासनले भोलि(बुधबार) देखि नै तोकिएको विवरण नराखेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने चेतावनी दिएको छ । प्रशासनले मिठाई व्यवसायीलाई निर्देशन पालना गर्न आग्रह गर्दै उपभोक्ताको स्वास्थ्य सुरक्षा र खाद्य स्वच्छतामा ध्यान दिन अनुरोध गरेको छ । आगामी तिहार तथा छठ पर्वमा अरु समयको तुलनामा मिठाईको खपत बढी हुने गरेको छ ।

    kanchan.png
     


    images
    images

    Logo