काठमाडौं । सूचना तथा प्रशारण विभागले टेलिभिजन सेवामा पाँच सयभन्दा बढी शुल्क नलिन टेलिभिजन सेवा व्यवसायीहरुलाई निर्देशन दिएको छ । बुधबार प्रेस विज्ञप्ती जारी गर्दै विभागले करसहित अधिकतम ५०० रुपैयाँभन्दा बढी उठाएमा कारबाही गर्ने चेतावनी दिएको हो ।
आधारभूत च्यानलहरुलाई न्यूनतम मासिक २५० रुपैयाँ र त्यसमा अरु सशुल्क च्यानल थप्नुपरे बुके बनाई प्रत्येक बुकेको करसहित ४० रुपैयाँसम्म लिन पाउनेछन् । बुकेको शूल्क २५० भन्दा बढी नपुर्याउन विभागले निर्देशन दिएको छ ।
प्रशारण शुल्कको नाममा अतिरिक्त शुल्क उठाउने कार्य तत्कालै बन्द गर्न विभागले आदेश दिएको छ । साथै, मन्त्रालयले नै शुल्क बढाएको हो भन्ने भ्रममा नपर्न समेत आयोगले अनुरोध गरेको छ ।