images
images

मेटाले ल्यायो ट्वीटरको प्रतिद्वन्द्वी सामाजिक सञ्जाल, ४ घण्टामा ५० लाख जोडिए


  • 476
    SHARES
  • २०८० आषाढ २१ गते बिहीबार

    मेटाले ल्यायो ट्वीटरको प्रतिद्वन्द्वी सामाजिक सञ्जाल, ४ घण्टामा ५० लाख जोडिए

    सामाजिक सञ्जाल ट्वीटरसँग प्रतिस्पर्धा गर्न इन्टाग्रामले ल्याएको नयाँ सामाजिक सञ्जालमा आकर्षण देखिएको छ । मेटा कम्पनीले विश्वव्यापी रुपमा खुला गरेको ‘थ्रेड्स’ नामक  सामाजिक सञ्जालको पहिलो ४ घण्टामा नै ५० लाख फलोअर्स पुगेको मेटाका संस्थापक मार्क जुकरवर्गले जानकारी दिए । 

    यो सञ्जालमा ट्वीटरमा प्रयोगकर्ताले नरुचाएका कतिपय फिचरहरुलाई सुधार गरिएको छ । जसमा ५०० अक्षरसम्म लेख्नसक्ने सुविधा दिइएको छ । यो फिचरका कारण यस सञ्चालको प्रयोगकर्ताको संख्या निकट भविष्यमै १ अर्ब भन्दा माथि पुग्ने जुकरबर्गको दाबी छ । 

    यद्यपि यो सञ्जाल तथ्यांक सुरक्षाको कारण देखाउँदै बेलायत र युरोपियन युनियनमा खुला गरिएको छैन । अन्य १०० भन्दा बढी देशमा सञ्जाल सञ्चालन खुला गरिएको मेटाले जनाएको छ । 

    थ्रेड्सले कसरी काम गर्छ?

    थ्रेड्सका पोस्टहरू इन्स्टाग्राम समेत शेयर गर्न सकिन्छ । त्यस्तै, यसमा लिङ्क, फोटो, र पाँच मिनेटसम्म भिडियो समेत राख्न सकिन्छ। यद्यपि, केही प्रारम्भिक प्रयोगकर्ताहरूले बुधवार फोटोहरु अपलोड गर्दा समस्याहरू व्यहोरेको बताए । 

    प्रयोगकर्ताहरूले पोस्टहरूको फिड देख्छन्, जसलाई  ‘थ्रेड’ भनिन्छ । उनीहरूले फलो गरेका व्यक्तिहरू र सिफारिस गरिएका सामग्रीहरूबाट यस्तो सामाग्री देखाइन्छ । 

    यसमा अनफलो गर्ने, अवरुद्ध गर्ने, प्रतिबन्ध लगाउने वा अन्य प्रोफाइलहरू रिपोर्ट गर्नेव्यवस्था पनि छ । कुनै पनि प्रयोगकर्ताले इन्स्टाग्राममा ब्लक गरेमा थ्रेड्समा पनि स्वतः ब्लक हुन्छ । 


    images

    Logo