काठमाडौं । ट्वीटरका मालिक एलन मस्कले ट्वीटरको विज्ञापनबाट हुने आम्दानी ५० प्रतिशतले गिरावट भएको बताएका छन् । शनिबार ट्वीटर मार्फत् मस्कले ‘भारी ऋण भारको कारण नगद प्रवाह नकारात्मक भएको बताएका हुन् ।
एक फलोअर्सले दिएको व्यावसायिक सल्लाहको जवाफमा मस्कले, ‘हामीसँग अरु कुनै चीजको विलासिता हुनुअघि सकारात्मक नगद प्रवाहमा पुग्न आवश्यक छ । ’ भन्दै ट्वीट गरे ।
उनले अप्रिलमा बीबीसीलाई प्लेटफर्म अब ‘लगभग टुटेको छ’, यसका धेरैजसो विज्ञापनदाताहरुले विज्ञापनमा कटौती गरेका छन् भन्दै दिएको अन्तरवार्ताभन्दा शनिवार गरेको ट्वीट धेरै भिन्न छ ।
मस्कले स्वामित्व लिएपछि धेरै विज्ञापनदाताहरुले साइट छोडे । जसका कारण विज्ञापनबाट हुने आम्दानी एक विवादास्पद मुद्दा बनेको छ र साइटको लागि कठिनाइ र संघर्ष बढ्दो छ । सामाग्री मध्यस्थता, सामूहिक कटौती र ट्वीटरको भविष्यको अनिश्चितताको आशंकाका कारण विज्ञापनदाताहरुले विज्ञापन कटौती गरे ।
मस्कले एनबीसी युनिभर्सल मार्केटिङकी पूर्वकार्यकारी लिन्डा याकारिनोलाई हालसालै सीइओ पद दिएका छन् । उनी ती गुमेका विज्ञापन फिर्ता ल्याउनका लागि विज्ञापनसम्बन्धी आफ्नो सम्पूर्ण अनुभवबाट सिकेको सीप प्रयोग गर्दै छिन् ।
द न्यूयोर्क टाइम्सले रिपोर्ट गरेअनुसार अप्रिल १ देखि मेको पहिलो सातासम्ममा ट्वीटरले विज्ञापनबाट गर्ने आम्दानी ५१ प्रतिशतले घटेको छ ।
सेप्टेम्बरमा मस्कले ट्वीटरलाई आफ्नो स्वामीत्वमा लिनुअघि भएका हजार ठूला विज्ञापनहरुमध्ये यस अप्रिलसम्म ४३ प्रतिशत मात्रै बाँकी रहेको जानकारी गत महिना मार्केट इन्टेलिजेन्स कम्पनी सेन्सर टावरले सीएनएनलाई दिएको थियो ।
‘विज्ञापन कटौतीका कारण धेरै कठिनाइ आएको छ’, गत महिना रोबर्ट एफ केनेडी जुनियरले गरेको एक लाइभस्ट्रीमका क्रममा मस्कले बताए । ‘नियमको पालना नगरेको कारण हामीले आधा आम्दानी गुमायौं’, उनले भने, ‘यो कठिनाइसँग जुझ्न ट्वीटरले धेरै संघर्ष गर्नुपर्नेछ’ ।
र मेटाले ट्वीटरको प्रतिद्वन्द्वी एप ‘थ्रेड्स’ खोलेको एक हप्ताभन्दा कम समयमा १०० मिलियन भन्दा धेरैपटक डाउनलोड गरिएपछि ट्वीटर बढ्दो दवावमा छ ।
लागतमा कटौती गर्ने र नगद उत्पादन गर्ने उपायहरु मस्कले खोजिरहेका छन् । उनले त्यसका लागि ट्वीटरमा ब्लू टिकको पैसा लिने जस्ता कार्य अघि बढाएका छन् ।
कन्टेन्ट क्रिएटरहरुलाई आकर्षित गर्नका लागि उनीहरुलाई साइटले विज्ञापनबाट गर्ने आयको केही हिस्सा दिने घोषणा ट्विटरले बिहीबार गरेको थियो । तर त्यस्का लागि उनीहरुले ब्लू टिक लिएको हुनुपर्ने र पछिल्लो तीन महिनादेखि गरिएको प्रत्येक पोस्टले कम्तीमा ५ मिलियन मानिसहरुमा छाप पारेको हुनुपर्ने बताइएको थियो ।
अब ट्वीटरबाट पैसा कमाउने कन्टेन्ट क्रिएटरमा एन्ड्रु टेट हुनेछन् । आफूलाई ‘मिसोगाइनिष्ट’ (नारीद्वेषी) मान्ने खनलाईन इन्फ्लुएन्सर एन्ड्रु विरुद्ध रोमानियामा मानव बेचबिखन, बलात्कार र एक आपराधिक गिरोह संगठित गरेको अभियोग लगाइएको थियो ।
त्यसबारे सीएनएनले ट्वीटरबाट कुनै टिप्पणी भने प्राप्त गरेको छैन ।
सीएनएन


