काठमाडौं । वस्तु विनिमय बजारसम्बन्धी कानूनको मस्यौदा तयार भएको छ । नेपाल धितोपत्र बोर्डले सोसम्बन्धी निर्देशिका तयार गरी सुझवको लागि सार्वजनिक सुझावको लागि प्रकाशित गरेको छ ।
प्रस्तावित मस्यौदामा कमोडिटिज एक्सचेञ्ज स्थापना गर्न चाहने कम्पनीले कारोबारको प्रकृति अनुसार १ अर्बदेखि देखि २ अर्बसम्मको चुक्ता पुँजी चाहिने उल्लेख गरिएको छ ।
त्यस्तो बजारमा कम्तीमा ५१ प्रतिशत संस्थापक शेयरधनीले लगानी गर्नुपर्ने उल्लेख गरिएको छ । यस्तो लगानी गर्दा संस्थापकहरुले बैंक तथा वित्तीय संस्थाबाट सापटी लिन नपाउने उल्लेख गरिएको छ ।
कमोडिटिज एक्सचेञ्ज सञ्चालन गर्न चाहनेले २५ हजार रुपैयाँ तिरेर पूर्वस्वीकृति लिनुपर्नेछ । पूर्वस्वीकृति पाइसकेपछि आवश्यक प्रक्रिया पूरा गरेर स्थापनाको स्वीकृतिका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तो स्वीकृतिको लागि २५ लाख रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।


