images
images

यो वर्ष नेपालको आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने, कुन क्षेत्रको वृद्धि कति ?


  • 945
    SHARES
  • २०७८ बैशाख १७ गते शुक्रबार

    यो वर्ष नेपालको आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने, कुन क्षेत्रको वृद्धि कति ?

    काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकले यो वर्ष सो बराबरको आर्थिक वृद्धिको अनुमान गरेको हो । 

    विभागले दोस्रो त्रैमाससम्मको देशको आर्थिक अवस्थामा आधारित रही उक्त अनुमान गरेको हो । लेखामान तथ्यांकले विभाजन गरेको १७ वटा क्षेत्रको आर्थिक अनुमानका आधारमा यस्तो अनुमान गरेको हो । 

    यो वर्ष सबैभन्दा धेरै वृद्धि आवास तथा खाद्यान्न सेवामा हुने अनुमान गरिएको छ । यो क्षेत्रमा ११.२० प्रतिशत वृद्धिको अनुमान गरिएको हो । त्यस्तै, विद्युत्, ग्यासको क्षेत्रमा ७.७४ प्रतिशत, खानीजन्य क्षेत्रमा ७.४९ प्रतिशत, मानव स्वास्थ्यतर्फ ६.५३ प्रतिशत, यातायात तथा भण्डारणतर्फ ६.१२ प्रतिशत तथा वित्तीय तथा बीमा सेवातर्फ ५.८२ प्रतिशत खर्च हुनेछ । 

    त्यस्तै, निर्माणतर्फ ५.५६ प्रतिशत, होलसेल तथा खुद्रा व्यापारतर्फ ५.२७ प्रतिशत, उत्पादनमूलक क्षेत्रमा ३.८५ प्रतिशत, शिक्षातर्फ ३.६० प्रतिशत, सार्वजनिक प्रशासनतर्फ ३.४९ प्रतिशत, प्रशासनिक क्षेत्रमा २.७१ प्रतिशत, कृषि तथा वनजन्य क्षेत्रमा २.६१ प्रतिशत, पेशागत तथा प्राविधिक क्षेत्रमा २.३२ प्रतिशत, आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । 

    खानेपानी तथा सरसफाई क्षेत्रमा १.६१ प्रतिशत, सूचना तथा प्रविधि क्षेत्रमा १.४५ प्रतिशत, रियलस्टेटतर्फ २.६१ प्रतिशत तथा अन्य क्षेत्रतर्फ ३.०९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ ।

    यो वर्ष अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान घटेर २६.४१ प्रतिशतमा सीमित हुने भएको छ । अघिल्लो वर्ष यस्तो योगदान २८.२० प्रतिशत रहेको थियो । 


    images

    Logo