images
images

नेपाल टेलिकमको पूर्वाधारमा क्षति पुर्याए कारवाही गरिने


  • 466
    SHARES
  • २०८० श्रावण २९ गते सोमबार

    नेपाल टेलिकमको पूर्वाधारमा क्षति पुर्याए कारवाही गरिने

    काठमाडौं । नेपाल टेलिकमले पूर्वाधारमा क्षति पुर्याएको थाहा भएमा कारवाही गर्ने चेतावनी दिएको छ ।  केही समयदेखि नेपाल टेलिकमका पूर्वाधारहरुमा क्षति पुर्याउने कार्य निरन्तर रुपमा जारी रहेको भन्दै टेलिकमले सोमबार प्रेस विज्ञप्ती जारी गरेको हो । 

    रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकबाट क्षति पुर्याइएको र सम्बन्धित गाउँपालिकाको रोहवरमा दुवै पक्षका बीच छलफल भई आगामी दिनमा यस्तो कार्यमा संलग्न नहुने सहमति भएको टेलिकमले जनाएको छ । 

    नेपाल टेलिकमको टावर देखि २० मिटर नजिकै अन्य सेवा प्रदायकको समेत टावर निर्माण गरिएको कारण नेपाल टेलिकमको सोलार प्यानलमा अवरोध भइरहेकोमा केही दिन पहिले सोलार पावर सिस्टमको तार समेत काटी क्षति पर्याइएको थियो ।

    सो सन्दर्भमा टेलिकमका प्राविधिकहरुले प्रमाणसहित गाउँपालिकामा जानकारी प्रस्तुत गरेकामा गाउँपालिकाको रोहवरमा दुवै पक्षका बीच छलफल गरेका थिए । 

    परिवर्तन गाउँपालिकाका अध्यक्ष शुकबहादुर बुढामगर र प्रमुख प्रशासकीय अधिकृत प्रेम जीएमलगायत दुवै पक्षका बीचमा गत शुक्रबार भएको छलफलमार्फत आगामी दिनमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने यस्ता कार्य नदोहो र्याउने सहमति भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । 

    भविष्यमा यस्ता गतिविधि दोहोरिएमा प्रचलित कानून बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइनेसमेत टेलिकमले जनाएको छ । 


    images

    Logo