images
images

नेपाल एयरलाइन्सको साउदी अरेबियाको दमाममा नियमित उडान सुरु


  • 737
    SHARES
  • २०८० भाद्र २२ गते शुक्रबार

    नेपाल एयरलाइन्सको साउदी अरेबियाको दमाममा नियमित उडान सुरु

    काठमाडौं ।  राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौंबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान सुरु गरेको छ ।

    निगमका प्रवक्ता रमेश पौडेलका अनुसार बिहीबारदेखि काठमाडौं–दमाम गन्तव्यमा सिधा उडान सञ्चालन गरिएको छ । उडान तालिकाअनुसार काठमाडौंबाट २२ः४० मा उडान भरेको पहिलो उडानमा एक सय २६ यात्रु रहेका थिए भने काठमाडौं फर्कदा एक सय १७ यात्रु रहेको निगमले उल्लेख गरेको छ ।
      
    प्रवक्ता पौडेलले काठमाडौं–दमाम–काठमाडौं सेक्टरमा साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको बताए । यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइटमार्फत अनलाइनबाट टिकट लिन सक्नेछन् ।


    images
    images

    Logo