images
images

स्वास्थ्य राज्यमन्त्रीका ५ प्रतिबद्धता


  • 459
    SHARES
  • २०७८ श्रावण १८ गते सोमबार

    स्वास्थ्य राज्यमन्त्रीका ५ प्रतिबद्धता

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १०० दिने कार्ययोजना सार्वजनिक गर्दै ५ महत्वपूर्ण प्रतिबद्धता समेत जनाएका छन् । व्यापारिक पृष्ठभूमिका श्रेष्ठलाई स्वस्थ्य राज्यमन्त्री बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना हुँदै आएको थियो । उनका प्रतिबद्धता सोही आलोचना मथ्थर गर्ने हिसावमा आएका हुन् भनेर बुझ्न सकिन्छ ।  

    शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतका क्षेत्रमा लगानी गरेका श्रेष्ठ १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए । उनले आफ्नो लगानी कहाँ कहाँ छ भन्ने विषयमा त जानकारी गराएनन, तर पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार–व्यवसायमा संलग्न नहुने भनेर चाहिँ प्रतिबद्धता जनाए । 

    यस्ता छन् स्वास्थ्य राज्यमन्त्रीका ५ प्रतिबद्धता
    १. सरकारी सेवा–सुविधा नलिने । 
    २. मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने ।
    ३. पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार–व्यवसायमा संलग्न नहुने । 
    ४. आगामी पुष–माघसम्ममा ३ करोड २३ लाख खोप ल्याईसक्ने ।
    ५. पदमा रहञ्जेल १८ घण्टासम्म काममा सक्रिय रहिरहने । 


    images

    Logo