काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको निजी क्षेत्र दक्षिण एशियाकै उत्कृष्ठ भएको बताएका छन् । श्रम मन्त्रालय र विभिन्न गैर सरकारी संगठनले गरेको अध्ययनमा नेपालको निजी क्षेत्रले कोभिड महामारीको क्रममा दक्षिण एशियाली मुलुकमध्येकै सबैभन्दा धेरै लायित्व निर्वाह गरेको बताएका हुन् ।
१३२ औं अन्तराष्ट्रिय श्रम दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले अघिल्लो लकडाउनको समयमा ९९ प्रतिशत श्रमिकले रोजगारी नगुमाएको दाबी गर्दै आगामी दिनहरु अझै धेरै चुनौतीपूर्ण रहेको बताए ।
उनले कोरोना संक्रमणको दोस्रो लहरमा धरै बिरामी अलपत्र परेको समाचारले चिन्तित तुल्यएको भन्दै यसको नियन्त्रणका लागि सरकार र निजी क्षेत्रको सहकार्यको आवश्यकतामा जोड दिए । उनले पछिल्ले समय श्रम सम्बन्धमा केही समस्या देखिएको भन्दै वर्तमान परिस्थितिमा झनै ठूलो सहकार्यको आवश्यकता रहेको बताए ।
श्रम क्षेत्रबारे आफूसँग ५ वटा प्रश्न रहेको भन्दै यस्तो प्रश्नमा श्रमिक तथा रोजगारदाता सबैले मनन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
गोल्छाले उठाएका प्रश्नहरु
१. किन नेपालमा अहिलेसम्म उद्योगको विस्तार हुन सकेको छैन ?
२. किन रोजगारी बढ्न सकेको छैन ? श्रमिकहरु किन विदेश जान्छन् ?
३. भारतीय कामदारलाई किन नेपाली कामदारलाई रोजगारी लगाइरहेका छन् ? किन नेपालीले वृत्तिविकास गर्दैनन् ? किन हामी श्रमिकको इलम विकास गर्न सक्दैनौं ?
४. सामाजिक सुरक्षा किन सानो सहभागिता छ ? किन उत्साह आएको छैन ? त्यसमा के समस्या छ ?
५. किन नेपालमा श्रम सम्बन्ध राम्रो देखिएको छैन ? के कमी कमजोरी रहेका छन् ?


