काठमाडौं । यस वर्ष दसैँमा उपत्यकामा ५० हजार खसीबोका र च्याङ्ग्रा विक्री हुने व्यवसायीले अनुुमान गरेका छन् । दसैँमा खसीबोकाको खपत धेरै हुुने हुुँदा सरकारी कम्पनी र निजी व्यवसायीले ५० हजार सङ्ख्यामा खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेका हुुन् । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी व्यवसायीले उपयत्यकामा दसैँमा खसीबोका ल्याएर विक्री गर्ने गरेका छन् । यस वर्ष पनि व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गर्ने तयारी गरेका छन् ।
काठमाडौँ चौपाया खरिद विक्री सङ्घका व्यवस्थापक जीवन खड्काले दसैँलाई लक्षित गरेर घटस्थापनाको दिनदेखि उपत्यकामा खसीबोकाको विक्री सुरु गरिने जानकारी दिए । यस वर्ष गत वर्षकै हाराहारीमा ४५ देखि ५० हजार सङ्ख्यामा उपत्यकामा खसीबोकाको खपत हुने उनको अनुमान छ । आर्थिक मन्दीको असरले उपभोक्तासँग पर्याप्त नहुुँदा यस वर्ष विक्री खासै नबढ्ने देखिएको उनको भनाइ छ ।
यस वर्ष खसीबोकाको मूूल्य गत वर्ष कै प्रतिकेजी जिउँदो खसीबोकाको मूल्य ६६० देखि ६८० रुपैयाँँसम्म कायम रहेको उनले जानकारी दिए । हाल नियमित रूपमा दैनिक आठ सय सङ्ख्यामा उपत्यकामा खसीबोकाको खपत हुने गरेको व्यवसायीको भनाइ छ । घटस्थापनाको दिनदेखि अष्टमीको दिनसम्म बढीमात्रामा खसीबोका विक्री हुने व्यवसायीको भनाइ छ । दसैँमा सबैले अनिवार्य रूपमा मासुको उपभोग गर्ने भएकाले पनि उपत्यकामा धेरै खसीबोका विक्री हुने गर्छ ।
निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गरी उपत्यकामा ल्याएर विक्री गर्ने गर्छन् । स्थानीय उत्पादनले माग धान्न नसक्दा व्यवसायीले छिमेकी मुुलुक भारत र चीनबाट समेत खसीबोका र च्याङ्ग्रा आयात गरेर विक्री गर्ने गरेका छन् ।
खाद्य कम्पनीले तीन हजार विक्री गर्ने
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँलाई लक्षित गरेर तीन हजार खसीबोका र च्याङ्ग्रा विक्रीगर्ने भएको छ । चाडपर्वको बेलामा उपभोक्तालाई सहुुलियत मूल्यमा विक्री गर्नका लागि गाउँ गाउँबाट खरिद गरेर विक्री गर्ने भएको हो । दसैँमा बजारमा खसीबोकाको खपत धेरै हुुने हुुँदा निजी व्यवसायीले मनपरी मूूल्य लिई उपभोक्ता ठग्न सक्ने हुँदा बजार मूल्य नियन्त्रण गर्न खसीबोका खरिद गरी उपत्यकामा ल्याई विक्री गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले दुुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा ल्याई विक्री गर्ने तयारी गरिएको जानकारी दिए ।
बजार मूल्य नियन्त्रण गर्नुुका साथै उपभोक्तालाई सहुुलियत मूल्यमा उपलब्ध गराउन यस वर्ष पनि खसीबोका खरिद गर्ने तयारी गरिररहेको उनले जानकारी दिए । वार्षिक कार्यपालिका अनुसार नै कम्पनीले खसीबोका तथा च्याङ्ग्रा खरिदका लागि बजेट छुट्याएको उनको भनाइ छ । उनले भने, “सरकारले प्रत्येक वर्ष नै सहुलियत पसल र खसीबोका तथा च्याङ्ग्रा खरिद गर्दै आएको छ । आठ करोड ३६ लाख रुपैयाँ खसीबोका खरिद गर्नका लागि छुुट्याएको उनले जानकारी दिए ।
घटस्थापनाको दिनदेखि उपत्यकामा ल्याएर विक्री खुला गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । दाङको तुलसीपुुर, मकवानपुुरको हैटाँडालगायतका जिल्लाबाट खरिद गरी उपत्यकामा ल्याएर विक्री गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । सरकारले दसैँमा उपभोक्तालाई राहत दिन खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुुट दिएको छ । घटस्थापनाका दिनदेखि कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट खसीबोका र च्याङ्ग्राको विक्री खुुला गरिने कम्पनीले जनाएको छ ।


