काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छिन् । हिमालयन रि इन्स्योरेन्स कम्पनीका सीईओ भारतीय मुलका चन्द्रशेखरन रामामुर्थी प्रमुख कार्यकारी अधिकृत थिए । उनले राजिनामा दिएपछि पौडेललाई संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । यसअघि उनी कम्पनीको नायब कार्यकारी अधिकृतको पदमा थिइन्।
कम्पनीले पौडेल सीइओ नियुक्त गरेको जानकारी गराउँदै स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण पठाएको छ। पौडेलसँग यसअघि युनाइटेड इन्स्योरेन्स कम्पनीमा सिईओ भएर काम गरिसकेको अनुभव रहेको छ ।त्यसअघि उनी सानिमा जनरल इन्स्योरेन्समा सहायक महाप्रबन्धकमा थिइन्।