काठमाडौं । इमर्जिङ नेपालले वार्षिक साधारणसभा बोलाएको छ । विहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले मंसिर १५ गते बानेश्वर ब्यांक्वेट, थापागााँउ बानेश्वरमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ ।
सभाले आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित चुक्तापुँजी ५५ करोड ५६ लाख रुपैयाँको ८.४२१०५ प्रतिशतले हुन आउने ४ करोड ६७ लाख ८७ हजार ३६८.४२ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृति गर्नेछ। साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।