images
images

नेशनल हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


  • 414
    SHARES
  • २०८० कार्तिक २४ गते शुक्रबार

    नेशनल हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । नेशनल हाइड्रोपावरले साधारण सभा बोलाएको छ । विहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले मंसिर २२ गते डेलिस ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट बालुवाटार, काठमाडौंमा विहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । यस बर्ष कम्पनीले लाभांश घोषणा गरेको छैन ।  

    कम्पनीको सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

    सभामा आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरिक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ। त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्ध पत्रको दफा ६ को (क) र (ख) संशोधन गर्ने प्रस्ताव पेश हुनेछ।

    कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मंसिर ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

     

     


    images

    Logo