images
images

घरजग्गाको कारोबारसँगै राजस्व सङ्कलनमा गिरावट


  • 440
    SHARES
  • २०८० मंसिर ४ गते सोमबार

    घरजग्गाको कारोबारसँगै राजस्व सङ्कलनमा गिरावट

    काठमाडौं । कात्तिक महिनामा घरजग्गाको कारोबारसँगै राजस्व सङ्कलनमा गिरावट आएको छ । दसैँतिहार जस्ता ठुला चाडपर्वका कारण कात्तिकमा घरजग्गाको कारोबार घटेको हो ।

    दसैँतिहार एकै महिनामा पर्दा कात्तिक महिनामा सार्वजनिक बिदा धेरै हुँदा घरजग्गाको कारोबारमा कमी आएको भूमि व्यवस्थापन तथा  अभिलेख  विभागको  तथ्याङ्कले  देखाएको छ । विभागका असोजमा ३९ हजार ८८१ लिखत पारित भएकोमा कात्तिकमा घटेर २६ हजार ४६ लिखत पारित भएको छ ।

    कात्तिकमा जग्गाको कारोबार घटेसँगै राजस्व पनि घटेको छ । साउनमा ३९ हजार २६३ लिखत पारित हुँदा भदौमा ३५ हजार ६८६ लिखत पारित भएको थियो । गत आर्थिक वर्षको पहिलो चार  महिनामा एक लाख २२ हजार २८२ लिखत पारित भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा एक लाख ४० हजार ८७६ वटा लिखत पारित भएको थियो ।घरजग्गाको कारोबार घटेसँगै राजस्व सङ्कलनमा समेत कमी आएको छ ।

    कात्तिकमा घरजग्गा कारोबारको सेवा कर, रजिस्ट्रेसन दस्तुर र पुँजीगतसमेत दुई अर्ब १६ करोड ३१ लाख ६१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ । 


    images

    Logo