काठमाडौं । काठमाडौं । ज्योति विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त भएका छन् । साथै, सञ्चालक समितिले बैंकका सीईओ श्रीचन्द्र भट्टले दिएको राजीनामा स्वीकृत गरेको छ । अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओ जिम्मेवारी ढकाललाई दिएको हो ।
उनी यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए । उनी सोमबारदेखि नै लागु हुने गरी कामु सीइओ नियुक्त भएका हुन् । यसअघि उनले एनआईसी एशिया, हाम्रो विकास बैंकलगायतका बैंकको माथिल्लो पदमा बसेर काम गरिसकेका छन् ।