काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालक समितिको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । मंसिर ७ गते बिहिबार बसेको संचालक समितिको ४९१औं बैठकले के.सी. लाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा मनोनित गरेको हो ।
बैंक-वित्तीय संस्था सम्बन्धि ऐन बाफियाको प्राबधान अनुसार संचालक समितिका बहालवाला अध्यक्ष तथा सभासद डा. बिरेन्द्र महतोले पदबाट राजिनामा दिएपश्चात केसीलाई अध्यक्षमा नियुक्ती गरिएको हो ।