images
images

नेपाल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा


  • 603
    SHARES
  • २०८० मंसिर १० गते आइतबार

    नेपाल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

    काठमाडौं । नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर ९ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७९/८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  ।

    जस अनुसार कम्पनीले  हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो  । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

    नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ  । 


    images

    Logo