images
images

सिंगापुर विश्वकै महंगो शहर, विश्वभर नै महँगी बढ्यो


  • 561
    SHARES
  • २०८० मंसिर १७ गते आइतबार

    सिंगापुर विश्वकै महंगो शहर, विश्वभर नै महँगी बढ्यो

    काठमाडौं । सिंगापुर लगातार एघारौंपटक विश्वको सबैभन्दा महंगो शहरका रुपमा सूचीकृत भएको छ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) ले यसै वर्ष विश्वव्यापीरुपमा ‘जीवनयापन लागत सर्वेक्षण’ गरेर बनाएको महंगा शहरको सूचीमा सिंगापुर पहिलो स्थानमा परेको हो ।

    सिंगापुरसँगै स्वीट्जरल्याण्डको ज्यूरिच पनि जीवनयापन गर्न संसारको महँगो शहरको सूचीमा परेको छ । ज्यूरिच गत वर्य सातौं नम्बरमा थियो ।

    इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले सार्वजनिक गरेको सन्‌ २०२३ मा विश्वका महँगा शहरको सूचीमा गत वर्ष सिंगापुरसँगै महँगो शहर सूचीमा रहेको अमेरिकाको न्यूयोर्क यसपटक जेनेभासँगै तेस्रो स्थानमा झरेको छ ।

    महँगा शहर सूचीको पहिलो नम्बरमा ज्यूरिज र सिंगापुर रहँदा दोस्रो नम्बरमा न्यूयोर्क र जेनेभा, तेस्रो नम्बरमा हङकङ, चौथो नम्बरमा लस एन्जलस, पाँचौंमा फ्रान्सको पेरिस, छैठौंमा इजरायलको तेल अभिभ र डेनमार्कको कोपनहेगन, सातौंमा अमेरिकाकै सान फ्रान्सिस्को परेको छ ।

    युनिटले विश्वव्यापी जीवनयापन लागत प्रतिवेदन (वर्ल्डवाइड कस्ट अफ लिभिङ रिपोर्ट) मा महँगा शहरहरूको सूची अद्यावधिक गरेको हो । यसका लागि १७३ मुख्य शहरको सर्वेक्षण गरिएको युनिटले जनाएको छ ।

    विश्वभर नै सन्‌ २०२३ मा जीवनयापन लागत ७.४ प्रतिशतले बढेको छ । किराना सामग्रीको मूल्य ह्वात्तै बढ्दा विश्वभर नै मानिसहरूले महँगीसँग जुध्नुपरेको सो प्रतिवेदनमा उल्लेख छ । 


    images

    Logo