images
images

इरानद्वारा १३ हजार अवैध अफगान आप्रवासी निष्कासित


  • 466
    SHARES
  • २०८० मंसिर २४ गते आइतबार

    इरानद्वारा १३ हजार अवैध अफगान आप्रवासी निष्कासित

    इरानले १३ हजार २०४ जना अवैध अफगान आप्रवासीलाई निष्कासन गरेको छ । 

    खोरासान रजावीका सीमा सुरक्षा कमाण्डर माजिद शोजाइले १३ हजार २०४ ‘अवैध’ अफगान आप्रवासीहरूलाई इरानबाट निष्कासन गरिएको बताएका छन् । खामा प्रेसले उल्लेख गरे अनुसार शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा शोजाईले ‘अवैध’ आप्रवासीहरूलाई निष्कासन गरिनु पर्नेमा जोड दिएका छन् । 

    उनले ‘गैरकानूनी रूपमा देश प्रवेश गर्न चाहने वा गैरकानूनी रूपमा यहाँ बसिरहेका अफगान नागरिकहरूलाई पक्राउ गरी निष्कासन गरिने’ बताएका छन् । 

    पछिल्ला महिनाहरूमा इरान र पाकिस्तानबाट अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने प्रक्रियाले तीव्रता पाएको छ । 

    हालै इरानका आन्तरिक मामिला मन्त्रीले चार लाख अफगानी आप्रवासीलाई देशबाट निष्कासन गरिएको घोषणा गरेका थिए ।

    शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका अनुसार इरानमा बसोबास गर्ने जनसङ्ख्याको ६ प्रतिशत अफगानी नागरिक छन् ।


    images

    Logo