images
images

पुस १ देखि टेलिकमको नयाँ सिममा थप सुविधा पाइने 


  • 724
    SHARES
  • २०८० मंसिर २८ गते बिहीबार

    पुस १ देखि टेलिकमको नयाँ सिममा थप सुविधा पाइने 

    काठमाडौं । नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा थप हुने भएको छ । टेलिकमले आज प्रेस विज्ञप्ती जारी गर्दै नयाँ प्रिपेड सिमकार्डमा सुविधा थप गरिएकोबारे जानकारी दिएको हो । त्यसैगरी कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराइने छ भने रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत थप गरिएको टेलिकमले जनाएको छ । 

    नयाँ सिममा थप सुविधा
    ९० रुपैयाँमा पाइने नयाँ प्रिपेड सिमकार्डमार्फत ३०० एमबी डाटा चलाउन, ४० मिनेट कल गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको मा सुविधा थप गरि सो सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने, नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने टेलिकमले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।  

    थप गरिएका सबै सुविधा ३० दिन सम्म प्रयोग गर्न सकिने र नयाँ सिममा पहिले जस्तै १० रुपैयाँ ब्यालेन्स समेत उपलब्ध हुनेछ । 

    कक्षा ८ देखि माथिका विद्यार्थीलाई सिम
    कक्षा ८, ९ र १० का विद्यार्थीलाई अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचय पत्रको आधारमा ९० रुपैयाँमा प्रिपेड सिमकार्ड उपलब्ध गराउने प्राधिकरणले जनाएको छ । उक्त सिममा समेत सबै सुविधा थप हुने जनाइएको छ । 

    डाटा बोनस
    विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पनि उपलब्ध गराइने भएको छ । एमपोसमार्फत १०० देखि १९९ रुपैयाँको रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, २०० देखि ४९९ रुपैयाँको रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र ५०० रुपैयाँ वा सो भन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुने टेलिकमले जनाएको छ । 

    त्यसैगरी फिजिकल रिचार्जमार्फत १०० रुपैयाँको रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, २०० रुपैयाँको रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र ५०० रुपैयाँ तथा १००० रुपैयाँको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुने जनाइएको छ । 

    सबै नयाँ सुविधा आगामी पुस १ देखि फागुन ३० सम्म उपलब्ध हुने प्राधिकरणले जनाएको छ । 


    images

    Logo