काठमाडौँ । नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई चाँडै उद्धर गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।
आइतबार तालिवानले अफगानिस्तान कब्जा गरेपछि घर फर्कने बिदेशि नागरीकलाई फर्कन दिइने घोषणा गरेको थियो । तालिवानको कब्जापछि घर फर्कने बिदेशी तछाँडमछाड गर्दै बिमानस्थल पुगेका छन् ।
आफगानिस्तानमा आइतबार विकसित घटनापछि त्यहाँ रहेका नेपालीलाई छिटो उद्धारका लागि सम्बन्धित निकायहरुलाई समन्वायत्मक ढंगले काम गर्न निर्देशन दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्किले जानकारी दिए ।