images
images

दुई लघुवित्तले बोलाए साधारणसभा, बूक क्लोज कहिले ?


  • 1.5K
    SHARES
  • २०८० पौष ६ गते शुक्रबार

    दुई लघुवित्तले बोलाए साधारणसभा, बूक क्लोज कहिले ?

    काठमाडौं । दुई लघुवित्तले साधारणसभा बोलाएका छन् । नाडेप लघुवित्त वित्तीय वित्तीयले पुस २७ र मिथिला लघुवित्तले पुस २८ गते बस्नेगरि सभा बोलाएका हुन् । 

    नाडेप लघुवित्त वित्तीय वित्तीय संस्था लिमिटेडले पुस २७ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रानीवन पार्टी प्यालेस, नागार्जन, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

    सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । 

    पछिल्लो दुई आर्थिक वर्ष कम्पनीले लगानीकर्ताको हात खाली बनाएको छ । आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

    सभाले सर्वसाधारण शेयरधनीहरूको तर्फबाट दुई जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

    मिथिला लघुवित्तले आफ्नो १५ औँ वार्षिक साधारण सभा पुस २८ गते, न्यू पौवा होटल एण्ड गेष्ट हाउस, मिथिला नगरपालिकामा  बिहान ११ बजे बोलाएको छ। 

    सभामा अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पेस हुनेछन् । 
     
    कम्पनी साधारण सभा प्रयोजनार्थ भन्दै पुस १६ गते सोमबार एक दिनका लागि बुकक्लोज तय गरेको छ। अर्थात पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्र यस लघुवित्तको साधारण सभामा भाग लिन पाउनेछन् । 


    images

    Logo