images
images

कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा आचार्य


  • 440
    SHARES
  • २०८० पौष ६ गते शुक्रबार

    कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा आचार्य

    काठमाडाैं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको सदस्यमा महेश आचार्य नियुक्त भएका छन् । सरकारको मन्त्रिस्तरीय निर्णयानुसार कृषि बिकास बैंकको बैंक सञ्चालक समितिको सञ्चालक समितिको सदस्यमा आचार्य मनोनयन भएका हुन् ।

    नवनियूक्त सञ्चालक सदस्य आचार्यसंग सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत रहेको अनुभव छ ।

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त सञ्चालक सदस्य आचार्यलाई बैंक सञ्चालक समिति बैठक नं.१०६७ का सञ्चालक समिति अध्यक्ष राम शरण पुडासैनीले सपथ ग्रहण गराएका छन् ।

    उक्त अवसरमा कृषि विकास बैंकका सञ्चालक समितिका सदस्यहरु डा.राजेन्द्र प्रसाद मिश्र, गोविन्द भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाईँ, रिता सुवेदी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेत उपस्थिति रहेको बैंकका प्रवक्ता तथा सूचना अधिकारी हिमलाल पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।


    images

    Logo