images
images

नेपाल बैंकको सीईओमामा तिलकराज पाण्डेय नियुक्त


  • 721
    SHARES
  • २०८० पौष ६ गते शुक्रबार

    नेपाल बैंकको सीईओमामा तिलकराज पाण्डेय नियुक्त

    काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । आज बसेको संचालक समितिको बैठकले पाण्डेयलाई सीईओ नियुक्त गरेको हो । पाण्डेयलाई ४ बर्षको लागि सो पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

    सीइओको लागि ५ जनाको नाम सर्टलिस्ट भएको थियो। सर्ट लिस्ट हुनेमा अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रुब चन्द्र गौतम, लक्ष्मण पौडेल, र समता पन्त (भट्ट) रहेका थिए।

    ५ जनाको व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण पछि ३ जनाको नाम संचालक समितिमा पेश भएको थियो । जस मध्ये संचालक समितिले पाण्डेयलाई सीइओ नियुक्त गरेको हो ।

     


    images

    Logo