यो वर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लक्ष्य अनुसार धान खरिद गर्न नसक्ने भएको छ । सरकारले निर्धारण गरेको न्यूूनतम समर्थन मूल्यभन्दा बजारमा महँगो मूल्यमा धान विक्रीभएपछि कम्पनीले नपाएपछि खरिद गर्न नसक्ने भएको हो । दशँअघिदेखि धान खरिद प्रकिया सुरु गरे पनि किसान धान विक्री गर्न नआएकाले लक्ष्य अनुसार धान खरिद गर्न नसकिएको कम्पनीले जनाएको छ । किसान धान विक्री गर्न नआएकाले पनि न्यून परिमाणमा धान खरिद गरेको कम्पनीले जनाएको छ ।
बर्दिया र धनगढीबाट धान खरिद गरे पनि तराईमा भने पाउन नसकेको कम्पनीले जनाएको छ । कम्पनीका खरिद विभाग प्रमुख भेषनाथ न्यौपानेले हालसम्म ४६ हजार १ सय १३ क्विन्टल मात्र धान खरिद गरिएको जानकारी दिए । “व्यापारीले महँगो मूल्यमा किसानबाट धान खरिद गर्दा धान पाउन सकिएन,” उनले भने, “यो वर्ष पनि लक्ष्य अनुसार धान खरिद गर्न सकिँदैन । बजारमा व्यापारीले प्रतिक्विन्टल धानको मूल्य तीन हजार नौ सयदेखि चार हजार तीन सय रुपियाँसम्म धान खरिद गरेका छन,” उनले भने, “कम्पनीले सरकारले निर्धारण गरेको समर्थन मूल्य अनुसार खरिद गर्नुुपर्दा धान पाउन सकिएन ।”
धानको मूल्य महँगो भएकाले समर्थन मूल्य बढाउन मन्त्रालयलाई भनेको उहाँले जानकारी दिए । यो वर्ष ५० हजार दुई सय मेट्रिक टन धान खरिद गर्ने कम्पनीको लक्ष्य रहेको थियो । धान नपाएकाले न्यून परिमाणमा मात्र खरिद गरेको कम्पनीले जनाएको छ । चालुु आर्थिक वर्षमा धान खरिद गर्न १ अर्ब ७४ करोड १३ लाख २० हजार रुपैयाँ छुट्याएको कम्पनीले जनाएको छ । सरकारले चालु आर्थिक बर्षका लागि मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १ सय ९८ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ३ सय ६२ रुपियाँ तोकेको छ ।
सरकारले निर्धारण गरेको समर्थन मूल्य अनुसार किसानलाई राहत पुर्याउन धान खरिद गर्न लागिएको कम्पनीले जनाएको छ । गत वर्ष ९९ करोड १८ लाख रुपैयाँ विनियोजन गरी ३० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य रहेकामा १३ हजार मेट्रिक टन मात्र खरिद गरेको थियो । कम्पनीले धान खरिद गरी कुुटाएर चामल बिव्रmी गर्ने गरेको छ । कम्पनीले सुुगमसँगै दुुर्गम जिल्लामा सुुपथ मूल्यमा खाद्यान्न वितरण गर्दै आएको छ । कम्पनीले बजार मूल्यभन्दा सस्तोमा खाद्यान्न बिव्रmी गर्ने गरेको छ ।


