काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको १५ अर्ब ६३ करोडको ५.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते, दरबारमार्ग स्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा दिउँसो २ बजे बस्नेगरि सभा बोलाएको छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।