काठमाडाैं । भक्तपुर जिल्लामा रहेको मध्यपुर थिमि नगरपालिकाले फोहोर व्यवस्थापनको सवालमा पनि नमूना काम गरेको छ । पाइलट प्रोजेक्टको रुपमा फोहोरबाट मल उत्पादन थालेको नगरपालिकाले सफलता हात पारेको छ । र, स्वदेशी संघ/संस्थाका साथै दक्षिण एशियाली देशहरुलाई तालिम दिन समेत सुरु गरेको छ ।
जापनिज कम्पोष्ट प्रविधिबाट उत्पादन गरिने मल रिकिसी कम्पोष्ट प्रा.लि.ले उत्पादन गरिरहेको छ । यस कम्पनीकी मेनेजिङ डाइरेक्टर उषा गिरी २२ जनालाई रोजगारी दिएर उत्पादन गर्न सकेको र उत्पादीत मल कृषकको रोजाइमा परेकोमा खुसी व्यक्त गर्छिन् ।
मेयर मदन सुन्दर श्रेष्ठको सोच भने अझै वृहत देखिन्छ । उनी यस प्रबिधिलाई सुरुमा थिमि भरी र पछि नेपालभरी पुर्याउने लक्ष्य रहेको बताउँछन् । भन्छन् –‘अर्गानिक नगरपालिका मात्र होइन, अर्गानिक देश बनाउने बाटो खोलेको छ, यो कामले ।’
सम्पदा पुन: निर्माण र नवनिर्माणमा उल्लेख्य काम गरेर नाम कमाएको मध्यपुर थिमी फोहोर ब्यवस्थापनमा समेत उदाहरणीय बनेको छ । बाँकी भिडियोमा –


