images
images

मुकेश अम्बानीलाई उछिनेर गाैतम अडानी फेरि बने एशियाकै धनी


  • 701
    SHARES
  • २०८० पौष २० गते शुक्रबार

    मुकेश अम्बानीलाई उछिनेर गाैतम अडानी फेरि बने एशियाकै धनी

    काठमाडौं । भारतीय व्यवसायी गौतम अडानी एसियाकै सर्वाधिक धनी बनेका छन् । विश्वभरका अर्बपतिको सूचीमा पनि उनी १२औं स्थानमा उक्लिएका छन् । ब्लूमबर्ग बिलिनियर इन्डेक्सका अनुसार अडानीको कूल सम्पत्ति ९७.६ बिलियन अमेरिकी डलर पुगेको छ ।

    अर्बपतिको सूचीमा मुकेश अम्बानी १२ औँ स्थानबाट १३ औँ स्थानमा झरेका छन् । ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मुकेश अम्बानीको सम्पत्ति ९७ अर्ब डलर छ । पछिल्लो २४ घन्टामा उनको कुल सम्पत्ति ६ अर्ब ६५ करोड डलरले बढेको छ ।

    अडानी समूहका मालिक र अब भारतका धनीव्यक्ति अर्बपतिहरुको सूचीमा १२ औँ नम्बरमा आएका छन् । बिहीबारसम्म उनी यस सूचीमा १४ औँ स्थानमा थिए तर २४ घण्टामा उनको ठूलो आम्दानीका कारण उनको नेटवर्थमा राम्रो वृद्धि भएको थियो र उनी १४ औँ स्थानबाट १२ औं स्थानमा उक्लिएका छन् । उनी भारतको सबैभन्दा धनीव्यक्ति पनि बनेका छन् । ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानीको कुल सम्पत्ति ९७.६ अर्ब डलर पुगेको छ ।

    अदानी–हिन्डनबर्ग मुद्दामा सर्वोच्च अदालतको फैसलापछि गौतम अडानीको कम्पनीको शेयरमा उकालो लाग्ने क्रममा कम्पनीको मूल्य बढिरहेको छ । यस्तो अवस्थामा गौतम अडानीको नेटवर्थ पनि बढेको छ । सर्वोच्च अदालतले यस विषयमा सेबीको अनुसन्धान सही बाटोमा रहेको बताएको थियो । यसका साथै बजार नियामक सेबीलाई २४ मध्ये बाँकी २ मुद्दामा छानबिन गर्न थप ३ महिनाको समय दिइएको छ ।


    images

    Logo