images
images

गैरआवासीय नेपालीलाई विदेशी लगानी भित्र्याउन सीमा नलाग्ने


  • 452
    SHARES
  • २०८० पौष २१ गते शनिबार

    गैरआवासीय नेपालीलाई विदेशी लगानी भित्र्याउन सीमा नलाग्ने

    काठमाडौँ । गैरआवासीय नेपालीलाई इन्भेस्टमेन्ट कम्पनीमा विदेशी लगानी भित्र्याउन सीमा लागु नहुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेस्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्ने गैरआवासीय नेपालीलाई विदेशी लगानीको न्यूनतम सीमा नलाग्ने व्यवस्था गरेको हो ।

    यसअघि नेपालमा लगानी ल्याउन न्यूनतम सीमा दुई करोड रुपैयाँ निर्धारण गरेको थियो । गैरआवासीय नेपालीलाई इन्भेस्टमेन्ट कम्पनीमा लगानी गर्न सीमा नलाग्ने व्यवस्थाले सानो सानो लगानी भित्र्याउन सहज हुने बताइएको छ ।

     विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरी गत वर्ष कात्तिक २८ मा सरकारले विदेशी लगानीको न्यूनतम सीमा ५ करोड रुपैयाँबाट घटाएर दुई करोडमा झारेको थियो । न्यूनतम लगानीको सीमा ५ करोड रुपैयाँ राख्दा साना लगानीकर्तालाई नेपालमा लगानी गर्न कठिन हुन थालेपछि लगानीको सीमा कम गरिएको थियो ।

    लगानीको सीमा घटाएसँगै नेपालमा विदेशी लगानी बढ्दै गएको हो । सरकारले नीतिगत र प्रशासनिक सुधार गरेसँगै  चालुु  आवमा  विदेशी  लगानीमा  सुधार  आएको तथ्याङ्कले देखाएको छ  । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालुु  आर्थिक  वर्षको  कात्तिक  महिनासम्म  ३ अर्ब  ६४  करोड  बराबरको  वैदेशिक  लगानी  भित्रिएको  राष्ट्र  बैङ्कको  तथ्याङ्क  छ । गत आर्थिक वर्षको सो अवधिमा ४३ करोड रुपियाँ  बराबरको  वैदेशिक  लगानी  भित्रिएको  थियो । मुलुकमा आर्थिक गतिविधि लयमा आउन थालेपछि विदेशी लगानीमा सुधार हुुँदै आएको बताइएको छ ।

     


    images

    Logo