images
images

एक बर्षमा १६ लाखभन्दा बढी नेपाली विदेशिए, उपचार गर्न मात्रै १९ हजार 


  • 369
    SHARES
  • २०८० पौष २४ गते मंगलबार

    एक बर्षमा १६ लाखभन्दा बढी नेपाली विदेशिए, उपचार गर्न मात्रै १९ हजार 

    काठमाडौं । एक बर्षमा १६ लाख भन्दा धेरै नेपाली विदेशिएका छन् । अध्यागमन विभागका अनुसार बैदेशिक रोजगारीसहित विभिन्न प्रयोजनका लागि सन् २०२३ को १२ महिनाको अवधिमा १६ लाख ३ हजार ८ सय ३६ जना विदेशिउका हुन् । 

    अध्यागमन विभागले सन् २०२३ मा विभिन्न उद्देश्यले नेपालबाट वाहिरिएका नेपालीहरुको तथ्यांङ सार्वजनिक गरेको हो । तथ्यांकमा रोजगारी, घुमघाम, परिवारका सदस्यसँग भेटघाट, अध्ययन, स्थायी बसोबास, अस्थायी बसोबास, तालिम, खेलकुद, साँस्कृतिक कार्यक्रम लगायतका प्रयोजनका लागि नेपालबाट बाहिरिएकाहरुको संख्यात्मक विवरण रहेका छन् । 

    तीमध्ये स्थायी बसोबासका लागि ७० हजार ९ सय १५ जनाले नेपाल छाडेका छन् । तीमध्ये ३६ हजार ६ सय ६३ जना पुरुष र ३४ हजार २ सय ५१ जना महिला छन् । यसैगरी अस्थायी बसोबासका लागि ९२ हजार ३ सय ४९ जनाले नेपाल छाडेका छन् । जसमा ५१ हजार ८ सय ७६ र ४० हजार ४ सय ६८ जना महिला छन् ।

    यसै गरी अस्थायी आवासीय भ्रमणमा ९२ हजार ३ सय ४९ जना बिदेसिँदा पुरुषको सङ्ख्या ५१ हजार ८ सय ७६ र महिलाको सङ्ख्या ४० हजार ४ सय ६८ जना रहेका छन् । यस्तै स्थायी आवासीयतर्फ पुरुष ३६ हजार ६ सय ६३ र महिला ३४ हजार २ सय ५१ गरी कुल ७० हजार ९ सय १५ जना विमानस्थल हुँदै बाहिरिएको विभागले सोमबार जारी गरेको तथ्याङ्कमा उल्लेख छ । 

    यस्तै कन्फ्रेन्स, सेमिनार र तालिममा २४ हजार २ सय ६३ जना, डिपेन्डेन्टमा २० हजार ६ सय १३ जना र उपचारमा समेत १९ हजार जना भन्दा बढी बाहिरिएका छन् । विभागका अनुसार उपचारका लागि पुरुष १० हजार ६ सय ९५ जना र महिला ८ हजार ८ सय ९ जना गरी कुल १९ हजार ५०९ जना विभिन्न देशमा उपचारका लागि गएका हुन् । 

    यसै गरी व्यापारका लागि १८ हजार ९ सय ६४, अफिसियल भिजिटका लागि १६ हजार १ सय ११, वैदेशिक रोजगारीकै लागि तर वर्क पर्मिट लिन नपर्नेहरू पनि ८ हजार ८६ जना त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

    यस्तै युएन मिसनमा ६ हजार ५८, खेलकुद गतिविधिमा ३ हजार ६५३, कन्सर्ट तथा कार्यक्रममा ३ हजार ६५३ र अन्य ३२ हजार भन्दा धेरै बिदेसिएको तथ्याङ्कमा उल्लेख छ । 

    Immigration-Data-2023.jpg

    कुन देशमा कति ?

    त्रिभुवन विमानस्थल हुँदै सबैभन्दा धेरै सन् २०२३ मा संयुक्त अरब इमिरेट्स (यूएई)मा २ लाख ७१ हजार ८८ जना गएका छन् । त्यसपछि भारतमा १ लाख ८० हजार ६ सय २  गएका छन् । कतारमा १ लाख ७९ हजार ४ सय ४१  गएका छन् । त्यस्तै, मलेसियामा १ लाख ६५ हजार २ सय १  गएका छन् भने साउदी अरेबियामा १ लाख ३६ हजार २ सय ३ जना गएका छन् ।


    images

    Logo