images
images

चीनमा सञ्चालित उच्च गति रेलवे ४५ हजार किलोमिटर पुग्यो


  • 484
    SHARES
  • २०८० पौष २४ गते मंगलबार

    चीनमा सञ्चालित उच्च गति रेलवे ४५ हजार किलोमिटर पुग्यो

    चीनमा सञ्चालित उच्च–गति रेलवेको सन् २०२३ को अन्त्यसम्ममा ४५ हजार किलो मिटर ट्रयाक सम्पन्न भएको राष्ट्रिय रेल अपरेटरले मङ्गलबार जनाएको छ ।

    चाइना स्टेट रेलवे कम्पनी लिमिटेडका अनुसार चीनको रेलवे सञ्जालको सञ्चालनको माइलेज एक लाख ५९ हजार किलोमिटर रहेको छ । 

    चीनको  रेल क्षेत्रमा  लगानी १०७.७ विलियन अमेरिकी डलर पुगेको देखिन्छ । जुन अघिल्लो  वर्षको तुलानामा ७।५ प्रतिशतले बढी हो  । 

    सन् २०२३ मा कुल ३ हजार ६३७ किलोमिटर नयाँ ट्र्याकहरू सञ्चालनमा आएका छन् ।  जसमा २ हजार ७७६ किलोमिटर उच्च–गति रेलवेहरू समावेश छन् ।

    गत वर्ष चीनको रेल पूर्वाधार निर्माणमा ३४ वटा परियोजनाको निर्माण र सञ्चालन, १०२ वटा रेलवे स्टेशनमा सेवाको शुरुवात् तथा निर्माणाधीन  ११२ वटा परियोजनाको प्रगति समावेश रहेको कम्पनीले जनाएको छ ।


    images
    images

    Logo