काठमाडौं । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेको छ ।बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि बुधबार बिहान काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज अवतरण गर्न नसकेपछि डाइभर्ट भएको हो ।
बिहान मौसम खुलेका कारण काठमाडौंबाट दुवै एयरलाइन्सका विमान उडेका थिए तर एकाएक बाक्लो हुस्सु लागेपछि विमान अवतरण गर्न नसकेपछि फर्किएका हुन् । अवतरण गर्न नसकेपछि श्री एयरलाइन्सकाृे विमानले धनगढीको आकासमा ४५ फन्को हानेको जनाइएको छ ।
हुस्सुका कारण भिजिबिलिटी कम भएपछि अहिले धनगढी विमानस्थल बन्द रहेको छ । सुर्खेत विमानस्थलमा अवतरण गरेको विमानले मौसम खुलेपछि धनगढीका लागि उडान गर्नेछ ।