images
images

विश्वका घुम्नै पर्ने ३७ गन्तव्यको सूचीमा नेपाल पनि


  • 709
    SHARES
  • २०८० पौष २५ गते बुधबार

    विश्वका घुम्नै पर्ने ३७ गन्तव्यको सूचीमा नेपाल पनि

    काठमाडौं । प्रशिद्ध अन्तर्राष्ट्रिय मिडिया न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नुपर्ने विश्वका ५२ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ । न्युयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै ३७औं नम्बरमा राखिएको छ ।

    मुस्ताङ धवलागिरि र निलगिरि दुई अग्ला हिमशिखरको बीचमा अवस्थित छ। तीन हजार वर्षभन्दा अगाडिको उत्खनन् अनुसार यहाँ नेपाल र तिब्बतबीचको व्यापारिक मुख्य नाका थियो । लोमान्थाङ दरबार, मुक्तिनाथ, टुकुचे निलगिरी हिमाल, धवलागिरि हिमाल, तिलिचो पिक, याककावा पिक, टुकुचे धम्पुस पिकलगायत मुस्ताङका प्रमुख पर्यटकीय स्थल हुन् ।

    यसैगरी धार्मिक हिसाबले पनि यो जिल्लाको महत्त्व छ । मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम) टुकुचे गोम्पा कोबाङ, टुकुचे गोम्पसम्प, टुकुचे मकल् गोम्पा, टुकुचे रानी गोम्पा, मार्फा गोम्पा रहेका छन् ।

    सदरमुकाम जोमसोमदेखि उत्तरतर्फ भोटे गुरुङ, विष्ट र ठकुरी जातीको बाहुल्य छ भने दक्षिणतर्फ थकालीसहित अन्य जातीको बसोबास छ ।


    images

    Logo