images
images

बोत्सवानामा १६६ क्यारेटको हिरा फेला


  • 493
    SHARES
  • २०८० पौष २७ गते शुक्रबार

    बोत्सवानामा १६६ क्यारेटको हिरा फेला

    हिरा अन्वेषण तथा खानीसम्बन्धी कम्पनी लुकारा डायमण्डले बुधबार बोत्स्वानाको कारोव खानीबाट १६६ क्यारेटको  रत्न फेला पारेको जनाएको छ । 

    क्यानाडामा मुख्यालय रहेको कम्पनीका अनुसार यो सन् २०२४ मा भएको पहिलो ठूलो खोज हो । कम्पनीले सन् २०१२ मा खानी अन्वेषण शुरु गरेदेखि १०० क्यारेटभन्दा बढीको बहुमूल्य रत्नमध्येको यो ३२८ औँ बहुमूल्य रत्न हो ।

    लुकारा डायमण्ड बोत्सवानाको राजधानी गाबोरोनबाट करिब ५१२ किलोमिटर टाढा उत्तर-मध्य बोत्सवानामा रहेको कारोवे डायमण्ड माइनको एकल प्रभुत्वको कम्पनी हो ।


    images

    Logo