images
images

२०२३ मा दुई लाख नेपालीले घुमे विदेश 


  • 371
    SHARES
  • २०८० माघ २ गते मंगलबार

    २०२३ मा दुई लाख नेपालीले घुमे विदेश 

    काठमाडौं । सन् २०२३ मा दुई लाख नेपाली घुम्नका लागि विदेश गएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको विवरण अनुसार उक्त वर्ष मात्र २ लाख ४ हजार ५ सय १८ जना नेपाली पर्यटन भिषामा अन्य देश गएका हुन् । 

    तथ्यांक अनुसार यो वर्ष ७१ हजार ६ सय ९८ जना नेपाली भारत भ्रमणमा पुगेका छन् ।  जसमा २७ हजार ४ सय ३० महिला, ४४ हजार ३ सय ५७ जना पुरुष रहेका छन् । अन्यको संख्या ११ जना छन् ।  यस्तै, भेनेजुयलमा एक नेपाली पर्यटन भिषामा पुगेका छन् ।

    पर्यटनका लागि युएई दोस्रो रोजाइमा रहेको छ । यस वर्ष ५५ हजार ६ सय १८ जना नेपाली पर्यटन भिषा लिएर दुबई पुगेका छन् । तेस्रो रोजाइ थाइल्याण्ड रहेको छ जहाँ २१ हजार २ सय ६० जना नेपाली पुगेका छन् ।

    चौथो ६ हजार ९३ जना नेपाली चीन पुगेका छन् भने पाँचौमा अष्ट्रेलिया पुगेका छन् । जहाँ ५ हजार ८ सय १ नेपाली छन् ।  यस्तै छैटौंमा सिंगापुर जहाँ ४ हजार ६ सय ६०, सातौंमा मलेसिया जहाँ ४ हजार ४ सय ७३, आठौंमा अमेरिकामा ४ हजार ३५, नवौं र दशौंमा क्रमशः जापान र ओमान रहेका छन् । जहाँ क्रमशः २ हजार ५ सय ९० र २ हजार ४ सय ९६ रहेका छन् ।

    सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।


    images

    Logo