images
images

भूगोल इनर्जीको साधारण सभा आज हुँदै, के–के छन् एजेण्डा ?


  • 436
    SHARES
  • २०८० माघ ६ गते शनिबार

    भूगोल इनर्जीको साधारण सभा आज हुँदै, के–के छन् एजेण्डा ?

    काठमाडौं । भूगोल इनर्जीको वार्षिक साधारण सभा आज हुँदैछ । पुस १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काजिको किचेन, पुरानो बानेश्वर, काठमाडौंमा विहान ९ बजेबस्नेगरि सभा बोलाएको छ । 

    सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले सञ्चालकको निर्वाचन लगायत विविध प्रस्ताव पारित गर्नेछ ।

    साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २३ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस २२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।


    images

    Logo