images
images

भिजिट भिसामा विदेश जानेका लागि नयाँ नियम आजदेखि , भिजिट भिसामा उड्न के–के चाहिन्छ ?


  • 372
    SHARES
  • २०८० माघ १० गते बुधबार

    भिजिट भिसामा विदेश जानेका लागि नयाँ नियम आजदेखि , भिजिट भिसामा उड्न के–के चाहिन्छ ?

    काठमाडौं । सरकारले भ्रमण र पर्यटकीय भिसामा विदेश जानेहरूलाई प्रस्थान अनुमति दिने प्रक्रियालाई सरल बनाएको छ । गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले आजदेखि लागू हुनेगरि उक्त कार्यविधि बनाएको हो । यसअघि २०७८ फागुन २५ गते जारी भएको नेपाल सरकार (सचिवस्तर) को निर्णय खारेज गर्दै गृह मन्त्रालयले नयाँ ६ बुँदे कार्यविधि जारी गरेको हो । 

    यस्तो छ भिजिट भिसामा भ्रमण अनुमति सम्बन्धि कार्यविधि :

    १) ६ महिनाको वैध अवधि भए‌को राहदानी ।

    २) गन्तव्य देशको प्रवेषाज्ञा भिसा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने।

    ३) दुईतर्फी हवाई टिकट ।

    ४) भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र ।

    ५) भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणापत्र वा सो नभएमा कम्तीमा पाँच सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेविट/क्रेडिट कार्ड)।

    ६) संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वःघोषणा गर्नुपर्ने छ । स्वःघोषणामा संलग्न विवरणको प्रमाणको भार बर्डेन अफ प्रुफ सम्बन्धित व्यक्तिमा रहने छ । स्वघोषणाको ढाँचा विभागले निर्धारण गरेबमोजिम हुने छ ।


    images

    Logo