images
images

दुई दिनदेखि हुम्लामा हवाई सेवा अवरुद्ध


  • 327
    SHARES
  • २०८० माघ १० गते बुधबार

    दुई दिनदेखि हुम्लामा हवाई सेवा अवरुद्ध

    काठमाडौं ।  हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध हुँदै आएको छ । बिहान नेपालगञ्ज विमानस्थलमा बाक्लो हुस्सु लाग्नु र दिउँसो सिमकोटमा हावा लाग्ने भएका कारण हवाई सेवा अवरुद्ध हुँदै आएको हो ।

    हवाई सेवा अवरुद्ध भएपछि सिमकोट विमानस्थलमा यात्रुको चाप बढिरहेको छ । सडक यातायात नजोडिएका कारण हवाई मार्गबाट यात्रा गर्नुपर्ने माथिल्लो हुम्लाका यात्रुलाई बाध्यता छ ।

    बिहानभरि नेपालमा बाक्लो हुस्सु र कुहिरो लाग्नु, दिउँसो बाह्र, एक बजेपछि सिमकोट विमानस्थलमा हावा लाग्ने भएकाले हवाई सेवा अवरुद्ध हुँदै आएको सिमकोट विमानस्थलले जनाएको छ ।

    यसबाट नेपालगञ्ज र सुर्खेतबाट सिमकोट आउने यात्रु र सिमकोटबाट नेपालगञ्ज र सुर्खेत झर्ने यात्रु मर्कामा परेका छन् । दुई दिनयता नेपालगञ्जबाट सीता, समिट र तारा एयरका जहाजले सिमकोटका लागि उडान भर्ने तयारी गरे पनि त्यो सम्भव हुन सकेको छैन ।


    images

    Logo