काठमाडौं । दुई कम्पनीले यस बर्ष लगानीकर्ताको हातखाली बनाएका छन् । यसरी लगानीकर्ताको हातखाली बनाउनेमा विन नेपाल लघुवित्त र सानिमा जिआईसी इन्स्योरेन्स रहेका छन् ।
माघ १० गते अथात् बुधबार बसेको विन नेपाल लघुवित्त र सानिमा जिआईसी इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यसको अर्थात यस वर्ष तीनवटै कम्पनी शेयरधनीहरुको हात खाली हुने भएको छ।
विन नेपाल लघुवित्तको बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण राष्ट्र बैंक पठाउन निर्णय पनि गरेको छ भने राष्ट्र बैंकको वित्तीय विवरण स्वीकृत गरेपछि लघुवित्तलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।
त्यस्तै, सानिमा जिआईसी इन्स्योरेन्सको बीमा प्राधिकरणमा पेस गर्ने निर्णय गरेको छ। बीमा प्राधिकरणले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।


