images
images

एलन मस्कलाई पछि पार्दै बर्नार्ड आर्नल्ट फेरि बने विश्वकै धनी, यी हुन् विश्वका २० धनाड्य


  • 798
    SHARES
  • २०८० माघ १४ गते आइतबार

    एलन मस्कलाई पछि पार्दै बर्नार्ड आर्नल्ट फेरि बने विश्वकै धनी, यी हुन् विश्वका २० धनाड्य

    काठमाडौं । एलन मस्कलाई उछिन्दै बर्नार्ड अर्नाल्ट विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । सूचना जारी गर्दै फोब्र्सले विश्वका धनाड्यहरुको सूची सार्वजनिक गरेको हो । मस्क दोस्रो र जेफ बेजोस तेस्रो स्थानमा परेका छन् । 

    अर्नाल्टको नेटवर्थ २०७.६ बिलियन डलर रहेको छ । 

    २०२२ मा २५१ बिलियन डलर नेटवर्थ सहित धनाड्यको सूचीमा पहिलो स्थानमा रहेका मस्क २०२३ मा दोस्रो स्थानमा पुगेका थिए । यसपटक पनि उनी दोस्रो स्थानमा नै रहेका छन् । उनको नेटवर्थ २०४.७ बिलियन डलर रहेको छ । त्यस्तै, तेस्रो धनी बन्न सफल जेफ बेजोसको नेटवर्थ १८१.३ बिलियन डलर रहेको छ । उनी २०२३ मापनि विश्वको तेस्रो धनी थिए र उनको नेटवर्थ ११४ बिलियन डलर थियो । 

    फेसबुकका मालिक मार्क जुकरबर्ग यसपटक पाचौं स्थानमा रहेका छन् । उनको नेटवर्थ १३९.१ बिलियन डलर रहेको छ । सन् १९९५ देखि २०१७ (२०१० र २०१०–२०१३ बाहेक) सम्म विश्वको सबैभन्दा धनी रहेका बिल गेट्स यसपटक आठौं स्थानमा पुगेका छन् । यसअघिको सूचीमा उनी छैठौं स्थानमा थिए । 

    भारतीय धनाड्यहरु मुकेश अम्बानी र गौतम अडानी क्रमशः ११ औं र १६ औं स्थानमा रहेका छन् ।

    यी हुन् विश्वका २० धनाड्य
    १. बर्नार्ड अर्नाल्ट
    २. एलन मस्क
    ३. जेफ बेजोस
    ४. ल्यारी एलिसन 
    ५. मार्क जुकरबर्ग
    ६. वारेन बफेट
    ७. ल्यारी पेज
    ८. बिल गेट्स
    ९. सर्जी ब्रिन
    १०. स्टीव बाल्मर 
    ११. मुकेश अम्बानी
    १२. कार्लोस स्लिम हेलु र परिवार
    १३. अमान्सियो ओर्टेगा
    १४. फ्रान्कोइस बेटनसर्ट र परिवार
    १५.  माइकल ब्लूमबर्ग
    १६. गौतम अडानी
    १७. माइकल डेल
    १८. जिम वाल्टन र परिवार
    १९. रॉबसन वॉल्टन र परिवार
    २०. एलिस वाल्टन


    images

    Logo