images
images

द्रुत बसबारे जानकारीका लागि मोबाइल एप सञ्चालनमा


  • 413
    SHARES
  • २०८० माघ १४ गते आइतबार

    द्रुत बसबारे जानकारीका लागि मोबाइल एप सञ्चालनमा

    काठमाडौं । काठमाडौं उपत्यकाको सूर्यबिनायक–रत्नपार्क रुटमा चल्ने द्रूत बसबारे यात्रुलाई जानकारी दिन ‘एक्सप्रेस बस सर्भिस’ एप सञ्चालनमा आएको छ । यातायात व्यवस्था विभागले सञ्चालनमा ल्याएको यो एपमार्फत यात्रुले बसको नम्बर, चालकको नाम, बस रोकिने स्टप, आइपुग्न लाग्ने समय, भाडादरलगायत जानकारी लिन सक्छन् । 

    एपमार्फत यात्रुले बस सेवाबारे गुनासो र प्रश्नसमेत राख्न सक्ने विभागले जनाएको छ । सूर्यबिनायक–रत्नपार्क रुटमा अहिले दैनिक ३६ वटा द्रूत बस सञ्चालन हुँदै आएको छ  । बिहान साढे ८ बजेदेखि तीन–तीन मिनेटको फरकमा भक्तपुर सूर्यविनायकदेखि र दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रूत बस चल्ने गरेका छन् ।


    images

    Logo