images
images

मार्च १ देखि चीन र  थाइल्याण्ड 'भिसामुक्त युग'मा प्रवेश गर्ने 


  • 351
    SHARES
  • २०८० माघ १५ गते सोमबार

    मार्च १ देखि चीन र  थाइल्याण्ड 'भिसामुक्त युग'मा प्रवेश गर्ने 

    चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र थाइल्याण्डले आधिकारिक रूपमा मार्च १ देखि "भिसामुक्त युग" मा प्रवेश गर्ने बताएका छन् । दुई पक्षले एकअर्काका नागरिकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    थाइल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री पर्णप्री बहिद्धा-नुकारासँगको परामर्शपछि संयुक्त पत्रकार सम्मेलनमा वाङले यस्तो टिप्पणी गरेका हुन् । 

    यसले पक्कै पनि द्विपक्षीय जनता–जनता बीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने मन्त्री वाङको विश्वास छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका वाङले छिमेकी देशहरूसँगको कूटनीतिमा थाइल्याण्डलाई चीनले सधैं प्राथमिकताका रूपमा हेरेको बताएका छन् ।

    उनले एक चीन सिद्धान्तप्रति थाइल्यान्डको दृढ प्रतिबद्धता र विश्वव्यापी विकास पहल, विश्वव्यापी सुरक्षा पहल र विश्वव्यापी सभ्यता पहलका लागि सक्रिय सहयोगको चीनले सदैव प्रशंसा गरेको बताएङ्का छन् ।

    आगामी वर्ष चीन-थाइल्याण्ड कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउने उल्लेख गर्दै वाङले विगत आधा शताब्दीमा द्विपक्षीय सम्बन्धले बदलिँदो अन्तरराष्ट्रिय परिदृश्यको परीक्षालाई सामना गरेको र त्यसमा बलियो हुँदै गएको बताए ।


    images
    images

    Logo