काठमाडौं । श्री एयरलाइन्सले सोमबार नेपालगन्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि माउन्टेन फ्लाइट सुरु गरेको छ । सोमबार श्रीको विमानले नेपालगन्ज विमानस्थलबाट तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि पर्वतीय उडान सुरु गरेको हो ।
माउन्टेन फ्लाइटमार्फत नेपाली आकाशबाटै कैलाश मान सरोवरको दुरदर्शन सुरु भएको छ । नेपाल भूभागबाट यसरी उडान गरिएको यो पहिलो पटक भएको जनाइएको छ । कैलाश मानसरोवर चीनको तिब्बतमा रहेको हिन्दुधर्मालम्बीहरुको पवित्र तीर्थस्थल हो ।
भारतको दिल्ली मुम्बई गुजरात उत्तर प्रदेश लगायत विभिन्न क्षेत्रबाट नेपालगञ्ज आइपुगेका ३८ जना भारतीय पर्यटकहरुको समूहले श्री एयरको चार्टर विमानमार्फत करिब २७ हजार फिटको उचाइबाट कैलाश मानसरोवरको दुरदर्शन गरेका हुन ।
साथै आगामी दिनमा नेपालगञ्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौंमा ल्याइ पशुपतिनाथ दर्शन गराउने योजना रहेको छ।


