images
images

गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी सर्वसम्मत चयन


  • 432
    SHARES
  • २०८० माघ १५ गते सोमबार

    गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी सर्वसम्मत चयन

    काठमाडौं । गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी चयन भएका छन्। कम्पनीको आज सम्पन्न साधारणसभा पश्चात नव नियुक्त संचालक सहित बसेको पहिलो संचालक समितिको बैठकले मुनकर्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

    आज सम्पन्न साधारणसभाले संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना संचालक सर्वसम्मत चयन गरेको हो । जसमा संस्थापक समुहबाट दिलीप कुमार मुनकर्मी र जेनी कोशी तथा सर्वसाधारण समुहबाट पशुपति भक्त श्रेष्ठ र उदयश्वर श्रेष्ठ सर्वसम्मत संचालक चयन भएका हुन् । उदयश्वार श्रेष्ठ बाहेक अन्य ३ जना यस अघि पनि संचालक थिए ।

    नयाँ संचालक समिति गठनपछि बसेको पहिलो बैठकले दिलीप कुमार मुनकर्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।


    images

    Logo