images
images

दिल्लीमा आगलागी हुँदा ४ सयभन्दा बढी गाडी जलेर नष्ट


  • 494
    SHARES
  • २०८० माघ १६ गते मंगलबार

    दिल्लीमा आगलागी हुँदा ४ सयभन्दा बढी गाडी जलेर नष्ट

    भारतको राजधानी दिल्लीमा सोमबार भएको भीषण आगलागीमा ४०० भन्दा बढी निजी सवारीसाधन जलेर नष्ट भएको स्थानीय अग्नि सेवा विभागले जनाएको छ ।

    उत्तरी दिल्लीको वजिराबाद प्रहरी स्टेशनको एउटा भण्डारमा आगलागी भएको हो ।  आगोलागी हुँदा गाडीहरू गोदाममा राखिएको थियो ।

    आगो निभाउन दमकललाई दुई घण्टा लागेको थियो । आगलागीमा परी नष्ट भएका सवारी साधनलाई स्थानीय प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको र सडक दुर्घटनामा संलग्न रहेको भन्दै नियन्त्रणमा लिएको बुझिएको छ । 
    आगलागीको कारण भने खुलेको छैन ।


    images

    Logo