काठमाडौं । नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमा कायमै रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले जनाएको छ । सन् २०२३ को भ्रष्टाचार अवधारणा सूचकांक सार्वजनिक गर्दै टीआईले नेपालको अवस्था केही सुधार भएता पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको जनाएको हो ।
सन् २०२३ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल १०० मध्ये ३५ अंक प्राप्त गरी भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीको १०८ औं स्थानमा छ । सन् २०२२ मा ३४ अंक पाउँदै नेपाल ११० औं स्थानमा थियो । सन् २०२१ मा ३३ अंक पाउँदै नेपाल ११७ औं स्थानमा थियो ।
सूचकांकमा ९० अंक प्राप्त गरी डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा र ११ अंक प्राप्त गरी सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।


